स्रोत सहमति प्रदान भएको ९ महिनासम्म ठेक्का लाइसक्नुपर्ने
सोमबार, १५ जेठ २०८०, १६ : ५४
काठमाडौं । स्रोत सहमति प्रदान गरेको मितिले ९ महिनासम्म ठेक्का सम्झौता नभएमा सहमति स्वत रद्ध हुने भएको छ । सरकारले आगामी वर्षको बजेटमार्फत यस्तो व्यवस्था गरेको हो । यसअघि सहमति प्रदान भई ९ महिनासम्म बोलपत्र आह्वान नभएका सहमतिका स्रोत खारेज गर्ने समेत अर्थमन्त्री डा. प्रकाशसरण महतले उद्घोष गरेका छन् ।
खरिद प्रक्रियामा देखिएका समस्या समाधान गर्दै सार्वजनिक खरिदलाई प्रभावकारी बनाउन नियममा आवश्यक परिवर्तन गर्ने घोषणा समेत सरकारले गरेको छ । यस्तै, आयोजना कार्यान्वयनका लागि कात्तिक महिनाभित्र ठेक्का सुरु गरिसक्नुपर्ने व्यवस्था समेत बजेटले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण