संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने
काठमाडौं । अर्थतन्त्रको संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने भएको छ । व्यवसायको लागत घटाई अर्थतन्त्रमा प्रतिस्पर्धात्मक क्षमताको विकास, कार्यकुशलता अभिवृद्धि, संस्थागत सुदृढीकरण, स्वदेशी र विदेशी लगानीमा वृद्धि, हरित अर्थतन्त्रको विकास, सूचना प्रविधि तथा नवप्रवर्तन, चौथो पुस्ताको औद्योगिकीकरण तथा डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा केन्द्रित बजेट सरकारले ल्याएको छ ।बजे
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रलाई आर्थिक विकासको संवाहक बनाउनेतर्फ सुधार निर्देशित समेत बताए । व्यवसायमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रको मनोबल बढाइने तथा स्वदेशी एवं विदेशी पुँजी र प्रविधि आकर्षित गरिने बताए । लगानी विस्तार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न क्षेत्रगत रूपमा नीतिगत र प्रक्रियागत सुधारको प्रस्ताव गरेको अर्थमन्त्री महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण