प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब वित्तिय हस्तान्तरण, सशर्त अनुदान झन्डै २ खर्ब
काठमाडौँ । अर्थमन्त्री प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तिय सामान्यिकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड गरी १ खर्ब ४६ अर्ब २ करोड वित्तिय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको जानकारी गराएका छन् ।
यस्तै ससर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड, स्थानीय तहलाई १ खर्ब ९१ अर्ब ८९ करोड गरी जम्मा २ खर्ब २७ अर्ब ६१ करोड बिनियोजन गरेको जानकारी गराए । नेपालको संविधान बमोजिम नेपालको संघ, प्रदेश र स्थानीय तहको अधिकार सूचीमा परेका विषय तत् कार्यालयबाट हुनेगरी राजस्व बाँडफाड तथा राजस्व हस्तान्तरण हुने व्यवस्था मिलाएको बताएका छन् । ससर्त र समपुरक अनुदान कार्यप्रगतिका आधारमा हस्तान्तरण गर्ने कानुनी व्यवस्था मिलाएको उल्लेख गरे ।
२५ लाखसम्म विनियोजन प्रस्ताव भएका वैकल्पिक सहायक राजमार्ग तर्फ कार्यक्रम सम्बन्धित प्रदेशबाटै, सघन सहरी विकास तथा बस्ति विकास तर्फ कार्यक्रम सम्बन्धित स्थानीय तहमार्फत कार्यान्वयन हुनेगरी ससर्त अनुदान हस्तारन्तरण गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण