सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

राखेपमा विभागीय प्रमुखको जिम्मेवारी हेरफेर

मङ्गलबार, १६ जेठ २०८०, २० : २३
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मातहतका तीन विभागका विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ ।

प्रशासन विभागका प्रमुख मधुसूदन बस्नेतलाई खेलकुद प्रतियोगिता तथा योजना विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ललाई प्रशासन विभाग प्रमुख बनाइएको छ । खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मालाई खेलकुद विकास विभाग प्रमुखको जिम्मेवारी दिइएको  छ । तीनै विभागीय प्रमुखले मंगलबार कार्यभार सम्हालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप