फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख ठगी
मङ्गलबार, १६ जेठ २०८०, २० : ४९
काठमाडौँ । वैदेशिक रोजगारीमा फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ५० वर्षीय सुरेश पाख्रिन रहेका छन् ।
पाख्रिनले फूर्पा शेर्पासहित ४ जनालाई फ्रान्समा १ लाख रुपैयाँ तलब हुन्छ, जान १७ लाख रुपैयाँ लाग्छ भन्दै रकम लिएर सम्पर्कविहीन बनेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले जेठ १६ गते ललितपुरको पुल्चोकबाट पक्राउ गरेको थियो । कार्यालयले थप अनुसन्धान र कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण