शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकका ग्राहकलाई ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्डमा छुट

मङ्गलबार, १६ जेठ २०८०, २० : ५६
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले नेपालगन्ज स्थित ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्ड वाटर एन्ड फन पार्कसँग बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगन्ज शाखा प्रमुख किरण राणामगर तथा ले राएरा र वन्डरल्याण्ड पार्कका तर्फबाट प्रबन्ध निर्देशक सिभान्शु यादवले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरूले ले रायरा रेष्टुरेन्टमा खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा र वन्डरल्याण्ड वाटर एन्ड फन पार्कमा पार्क टिकट खरिदमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ्ग मार्फत भुक्तानी गर्दा १०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप