कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई
बुधबार, १७ जेठ २०८०, ११ : ५२
काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चार दिने औपचारिक भ्रमणमा जाने भएपछि उपप्रधानमन्त्री खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
प्रचण्ड सरकारमा कांग्रेस उपसभापति समेत रहेका खड्का दोस्रो वरियतामा छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक तोकेका हुन् । प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्काले गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्कली नोट झिकेर नक्कली नोट राख्ने बैंक म्यानेजरको कर्तुत पर्दाफास
-
पाकिस्तानमा यात्रुवाहक बस भीरमा खस्दा कम्तीमा ४० जनाको मृत्यु
-
पहाड छिचोलेर हातैले बनाइएको विश्वकै जोखिमपूर्ण सडक
-
म्याराडोनाको विगतको ‘भविष्यवाणी’ २०२६ को विश्वकपमा भाइरल
-
सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई
-
नेपालको विद्यालय शिक्षा: निजीमा छोरा पढ्छन्, सामुदायिक छोरीले धान्छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण