शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मिटरब्याज सम्बन्धी कानुनले विकृति फैलायो : सांसद सिंह

बुधबार, १७ जेठ २०८०, १६ : १४
बुधबार, १७ जेठ २०८०

जनकपुरधाम । मधेस प्रदेशका सांसद सरोजकुमार सिंहले सरकारले ल्याएको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कानुनले समाजमा विकृति फैलिएको बताएका छन् ।

बुधबार प्रदेशसभाको बैठकमा बोल्दै उनले छलफलै नगरी फास्ट ट्र«याकको माध्यमबाट ल्याइएको (मिटरब्याज सम्बन्धी   कानुनले समाजलाई विभाजित गरेको बताएका हुन् । 

सांसद सिंहले संघ सरकारले सामाजिक बन्धन र सद्भावमाथि प्रहार गरिएको आरोप लगाए ।

मुलुकी ऐन र मुलुकी देवानी संहिताले तमसुक वडा कार्यालयमा दर्ता गर्नुपर्ने स्पष्ट रहेको भन्दै उनले सरकारले फास्ट ट्रयाकबाट ल्याएको अनुचित लेनदेन सम्बन्धी अध्यादेशले समाज विचलित भएको उनले बताए ।  

सांसद सिंहले  

समाजमा साहु महाजनसँग लेनदेन गरेर आवश्यकताहरू पुरा हुने गरेकोमा सरकारले मिटरब्याज सम्बन्धी कानुन ल्याउँदा निम्न वर्गका व्यक्ति पनि अप्ठयारोमा परेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप