मिटरब्याज सम्बन्धी कानुनले विकृति फैलायो : सांसद सिंह
बुधबार, १७ जेठ २०८०, १६ : १४
जनकपुरधाम । मधेस प्रदेशका सांसद सरोजकुमार सिंहले सरकारले ल्याएको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कानुनले समाजमा विकृति फैलिएको बताएका छन् ।
बुधबार प्रदेशसभाको बैठकमा बोल्दै उनले छलफलै नगरी फास्ट ट्र«याकको माध्यमबाट ल्याइएको (मिटरब्याज सम्बन्धी कानुनले समाजलाई विभाजित गरेको बताएका हुन् ।
सांसद सिंहले संघ सरकारले सामाजिक बन्धन र सद्भावमाथि प्रहार गरिएको आरोप लगाए ।
मुलुकी ऐन र मुलुकी देवानी संहिताले तमसुक वडा कार्यालयमा दर्ता गर्नुपर्ने स्पष्ट रहेको भन्दै उनले सरकारले फास्ट ट्रयाकबाट ल्याएको अनुचित लेनदेन सम्बन्धी अध्यादेशले समाज विचलित भएको उनले बताए ।
सांसद सिंहले
समाजमा साहु महाजनसँग लेनदेन गरेर आवश्यकताहरू पुरा हुने गरेकोमा सरकारले मिटरब्याज सम्बन्धी कानुन ल्याउँदा निम्न वर्गका व्यक्ति पनि अप्ठयारोमा परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण