पेट्रोलियम पदार्थको आयात घट्यो
बारा । चालु आर्थिक वर्ष पेट्रोलियम पदार्थको आयात घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म पेट्रोलमा ९ प्रतिशत, डिजलमा २५ प्रतिशत र मट्टीतेलमा ३४ प्रतिशतले आयात कम भएको हो ।
हवाई ईन्धनमा भने १३ प्रतिशतले आयात वृद्धि भएको नेपाल आयल निगम प्रादेशिक डिपो अम्लेखगञ्जले जनाएको छ । प्रादेशिक कार्यालय अम्लेखगञ्जका प्रमुख बिनितमणि उपाध्यायले गत आर्थिक वर्षको वैशाख मसान्तसम्म ६ लाख १४ हजार ४६८ किलोलिटर पेट्रोल आयात भएको जनाए । जबकि चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ५ लाख ५७ हजार ८६४ किलोलिटर मात्रै पेट्रोल आयात भएको उनले जनाए ।
त्यसैगरी डिजेलको हकमा पनि गत आर्थिक वर्षको वैशाखसम्म १४ लाख ५२ हजार ६४७ किलोलिटर आयात भएकोमा चालु आर्थिक वर्षको १० महिनामा १० लाख ९० हजार २६८ किलोलिटर आयात भएको निगमले जनाएको छ ।

‘गत आर्थिक वर्षको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको आयात घटेको छ, विगतमा सामान्य अवस्थामा औसतमा प्रतिवर्ष १० प्रतिशतले बढेको आयात पहिलो पटक घटेको हो,’ अम्लेखगञ्ज डिपो प्रमुख उपाध्यायले भने, ‘मुलुकमा आर्थिक गतिविधिमा कमी आएको र नेपालतर्फ पेट्रोलियम पदार्थको मूल्य भारतको तुलनामा केही महँगो भएका कारण पनि आयातमा कमी आएको हुन सक्छ ।’
नेपाल सरकारले आयात गर्ने वस्तुको सूचीमा सबैभन्दा माथि डिजेल, पेट्रोल र एलपीजी ग्याँस छ । मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तर्गत २०७६ भदौदेखि पाईपलाइनबाट डिजल आयात हुँदै आएको छ भने बरौनीबाट ट््याङ्करको माध्यमबाट पेट्रोलको ढुवानी हुने गर्दछ ।
देशभर खपत हुने पेट्रोलियम पदार्थ वीरगञ्ज भन्सारमार्फत आउने गर्दछ । प्रादेशिक डिपो अम्लेखगञ्जबाट देशभरका डिपोका लागि दैनिक ३ सयदेखि ३५० ट्याङ्कर लोड भएर जाने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण