कोशी प्रदेशको नामकरण : शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न व्यवसायीहरूको अपिल
मोरङ । मोरङका व्यवसायीहरूले प्रदेशको नामकरणका सम्बन्धमा चित्त नबुझेमा संवैधानिक एवम् रचनात्मक र शान्तिपूर्ण माध्यमबाट सम्बन्धित पक्ष समक्ष आफ्नो असन्तुष्टि राख्न र समाधान खोज्न अपिल गरेका छन् ।
कोशी प्रदेश नामकरणबाट असन्तुष्ट भएका पक्षहरूको विराटनगर केन्द्रित चरणबद्ध आन्दोलनले आम सर्वसाधारण लगायत पेसा, व्यवसाय, विद्यार्थी जीविकोपार्जन गर्दै आएका व्यक्ति, तिनमा आश्रित परिवार एवम् आम जनता र दैनिकीमा परेको प्रभाव प्रति उनीहरूले ध्यानाकर्षण गराएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘दोस्रो निर्वाचन पश्चात् बहुसङ्ख्यक राजनीतिक दलहरूको साझा सहमतिमा नेपालको संविधान २०७२ अनुसार पूर्ण प्रजातान्त्रिक पद्धति अनुसार दुई तिहाइ भन्दा अत्यधिक बहुमत (प्रदेश सभाका ९२ प्रतिशत) साथ कोशी प्रदेश नामकरण गर्न सफल हुनु भएकोमा हाल कोशी प्रदेश नामकरणबाट असन्तुष्ट भएका पक्षहरूको विराटनगर केन्द्रित चरणबद्ध आन्दोलनले आम जनता र दैनिकीमा परेको प्रभाव प्रति हामी आन्दोलनरत र सरकार पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण