जाल्पा लघुवित्तको ४ असारमा एजीएम
बिहीबार, १८ जेठ २०८०, ११ : ००
काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आउँदो ४ असारमा वार्षिक साधारणसभा बोलाएको छ । सभामा गत आर्थिक वर्षको नाफाबाट १४.२५ प्रतिशतमा बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस हुनेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणहरुमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।
यता, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव रहेको छ । साधारणसभा एस आर होटल, ड्राइभरटोल रुपन्देहीमा बिहान ९ बजे सुरु हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि २३ जेठमा बुक क्लोज हुने भएकाले २२ जेठसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण