प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता
नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय प्रतिनिधमण्डलबीच वार्ता भएको छ । आफ्नो चार दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड बिहीबार हैदराबाद हाउस पुगेका हुन् ।
बैठकमा अर्थतन्त्र, ऊर्जा, पूर्वाधार, शिक्षाका क्षेत्रमा विस्तारित कनेक्टिभिटी लगायतका एजेन्डाबारे छलफल हुने बताइएको छ । ‘यसमा हाम्रो पुरानो सम्बन्धलाई बलियो बनाउने एजेन्डा पनि समावेश छ,’ भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
बैठकमा विभिन्न सम्झौताहरुमा हस्ताक्षर पनि हुनेछन् । यसअघि आज नै प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीसँग वार्ता गरेका थिए । त्यस्तै बिहान महात्मा गान्धिको समाधिस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए । बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण