प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय प्रतिनिधमण्डलबीच वार्ता भएको छ । आफ्नो चार दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड बिहीबार हैदराबाद हाउस पुगेका हुन् ।
बैठकमा अर्थतन्त्र, ऊर्जा, पूर्वाधार, शिक्षाका क्षेत्रमा विस्तारित कनेक्टिभिटी लगायतका एजेन्डाबारे छलफल हुने बताइएको छ । ‘यसमा हाम्रो पुरानो सम्बन्धलाई बलियो बनाउने एजेन्डा पनि समावेश छ,’ भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
बैठकमा विभिन्न सम्झौताहरुमा हस्ताक्षर पनि हुनेछन् । यसअघि आज नै प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीसँग वार्ता गरेका थिए । त्यस्तै बिहान महात्मा गान्धिको समाधिस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए । बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौरीगंगा र आयोजक जनहितबिच उपाधि भिडन्त
-
सेनामा तेस्रो लिङ्गीहरूलाई प्रतिबन्ध लगाउन अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई दियो अनुमति
-
गुगलमाथि अमेरिकाको लगाम
-
वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि पोखरामा तनाव
-
साविक विजेता सैनिक महाविद्यालयले क्रिएटिभ स्कुललाई हरायो
-
‘जार’ प्रिमियरमा डा.बाबुराम भट्टराईदेखि मनीषासम्म, कसले के भने ?