प्रचण्डले किन पाएनन् ‘गार्ड अफ अनर’ ?
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्मान ‘गार्ड अफ अनर’ नपाउने भएका छन् ।
चार दिने भ्रमणको दोस्रो दिन प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्रीको कार्यालय ‘हैदरावाद हाउस’ मा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्डको भ्रमण ‘राजकीय’ नभएका कारण भारतले ‘गार्ड अफ अनर’ प्रदान नगरेको भारतीय पक्षले जनाएको छ । राजकीय भ्रमणमा विदेशी सरकार प्रमुख तथा राष्ट्रप्रमुखको भ्रमणका क्रममा ‘गार्ड अफ अनर’ दिने प्रचलन छ । प्रचण्डको भ्रमण ‘अफिसियल’ मात्र रहेका कारण भारतले उनलाई ‘गार्ड अफ अनर’ नदिएको स्रोतको भनाइ छ ।
‘राजकीय भ्रमणमा भारत आउने विदेशी सरकार प्रमुख र राष्ट्र प्रमुखलाई मात्र गार्ड अफ अनर दिने प्रचलन छ,’ स्रोतले भन्यो, ‘प्रचण्डको भ्रमण राजकीय नभएका कारण गार्ड अफ अनर प्रदान नगरिएको हो ।’
प्रधानमन्त्री प्रचण्डले आजै भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण