शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
भारत भ्रमण

प्रचण्डले किन पाएनन् ‘गार्ड अफ अनर’ ?

बिहीबार, १८ जेठ २०८०, १२ : ३६
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्मान ‘गार्ड अफ अनर’ नपाउने भएका छन् ।

चार दिने भ्रमणको दोस्रो दिन प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्रीको कार्यालय ‘हैदरावाद हाउस’ मा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण ‘राजकीय’ नभएका कारण भारतले ‘गार्ड अफ अनर’ प्रदान नगरेको भारतीय पक्षले जनाएको छ । राजकीय भ्रमणमा विदेशी सरकार प्रमुख तथा राष्ट्रप्रमुखको भ्रमणका क्रममा ‘गार्ड अफ अनर’ दिने प्रचलन छ । प्रचण्डको भ्रमण ‘अफिसियल’ मात्र रहेका कारण भारतले उनलाई ‘गार्ड अफ अनर’ नदिएको स्रोतको भनाइ छ ।

‘राजकीय भ्रमणमा भारत आउने विदेशी सरकार प्रमुख र राष्ट्र प्रमुखलाई मात्र गार्ड अफ अनर दिने प्रचलन छ,’ स्रोतले भन्यो, ‘प्रचण्डको भ्रमण राजकीय नभएका कारण गार्ड अफ अनर प्रदान नगरिएको हो ।’

प्रधानमन्त्री प्रचण्डले आजै भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप