गर्मी बढेपछि एक हप्ताका लागि रौतहटका सबै विद्यालय बन्द
बिहीबार, १८ जेठ २०८०, १५ : ५६
रौतहट । केही दिनदेखि अत्यधिक गर्मी बढेका कारण रौतहटका सबै सामुदायिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।
जिल्ला शिक्षा समन्वय इकाई रौतहटले बिहीबार सूचना जारी गर्दै जिल्लाको १८ वटै स्थानीय तहका सबै विद्यालय एक हप्ताका लागि बन्द गर्न सिफारिस गरेको हो ।
अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकुल असर परिरहेको र कतिपय बालबालिका मुर्छित समेत भइरहेकाले वर्षे बिदाबाट कट्टा हुनेगरी एकहप्ता गर्मी बिदाका लागि अनुरोध गरेको इकाई प्रमुख रामाविनय कुमार सिंहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण