शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको भारत भ्रमण

नेपालको वैदेशिक व्यापारका लागि खुल्यो भारतको ‘इनल्याण्ड वाटरवे’

बिहीबार, १८ जेठ २०८०, १७ : ०९
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । नेपालको वैदेशिक व्यापारमा प्रयोग हुनेगरी भारतीय आन्तरिक जलमार्गको बाटो खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भएको सम्झौतापछि नेपालको वैदेशिक व्यापारमा भारतीय आन्तरिक जलमार्गको पहुँच खुलेको हो ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतका वाणिज्यमन्त्री पीयुष गोयलबीच सम्झौता भएको हो । पछिल्लो २५ वर्षपछि पुनरावलोकन भएको पारवहन सन्धिबाट नेपालले भारतीय आन्तरिक जलमार्गको प्रयोग गर्न पाउने भएको हो ।

पारवहन सम्झौता पुनरावलोकन भएसँगै अब नेपालले भारतीय गंगा नदीको आन्तरिक जलमार्ग प्रयोग गर्न सक्छ । यसबाट नेपाली आयात र निर्यातकर्ताले कलकत्ताको अस्तव्यस्त अवस्था झेल्न नपर्ने भएको छ ।

भारतले सन् २०१९ मा उद्घाटन गर्दै सहायबगञ्जमा सहायबगञ्ज रिभरपोर्ट सञ्चालनमा ल्याइसकेको छ । झारखण्डमा पर्ने सहायबगञ्जसम्म भारतले गंगाको किनारै किनार हुँदै क्रज जहाज चलाइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप