जहाजको ढोकामा पुगेका वृद्धलाई घर फर्काउने निगमका कर्मचारी ताप्लेजुङ सरुवा
काठमाडौँ । जेठ १७ गते काठमाडौँबाट ताप्लेजुङका लागि टिकट काटेका वृद्धलाई जहाजको ढोकामा नै पुगिसकेपछि घर फर्काएको निउमा वायुसेवा निगमका एक कर्मचारी कारबाहीमा परेका छन् ।
बुधवार काठमाडौँदेखि ताप्लेजुङ जानका लागि यात्रु ठाकुरसिंह भण्डारीले निगमको आरए–१२९ नम्बरको जहाजको टिकट काटेका थिए । तर, टिकट काटेर बोर्डिङ पास समेत लिई विमानस्थलभित्र जहाजको ढोकामा पुगेका भण्डारीलाई विमानस्थलबाट सिस्टममा नाम नभएको भनि घर फर्काइएको थियो ।
उक्त घटनापछि उनको गुनासो माथिल्लो निकायसम्म पुग्यो । घटनामा संलग्न निगमको जहाज अप्रेसन युनिट इन्चार्ज कर्मचारी गगनबहादुर चन्दलाई सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नआएपछि कारबाही स्वरुप उनलाई काठमाडौंबाट ताप्लेजुङ विमानस्थलमा सरुवा गरिएको संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिएका छन् ।
घटनामा संलग्न कर्मचारीमाथि थप अनुसन्धान समेत जारी रहेको उनले सार्वजनिक सञ्जालमार्फत जानकारी दिएका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण