बयल गाडामा च्यापिएर एक बालकको मृत्यु
शुक्रबार, १९ जेठ २०८०, १७ : ४७

कञ्चनपुर । कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरका अमरसिह चौधरीका छोरा दुई वर्षीय रेगमसिह दहित (चौधरी) को मृत्यु भएको हो ।
आफ्नै घर आगनमा राखिएको बयल गाडामा खेल्ने क्रममा गाडाको अगाडिको भाग उठ्नगई पछाडीको भागमुनि च्याप्पिएर घाइते भएका बालकको आज निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस विषयमा इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट आवश्यक अनुसन्धान भइरहेको छ ।