शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति १३ वर्षपछि पक्राउ

शुक्रबार, १९ जेठ २०८०, १९ : ५५
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । ज्यान सम्बन्धी कसूर अपराधका फरार प्रतिवादी सिरहा गोलबजार नगरपालिका-१३ बस्ने ५१ वर्षीय जगदिश पासवानलाई घटनाको १३ वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

गोलबजार बस्ने राम बिलास यादवले गाउँमा नराम्रो काम गर्दै हिँडेको भन्ने विषयलाई लिएर छलफल गराउने भन्ने कुरामा दुवै पक्षबीच भएको विवादमा रामले २०६७ वैशाख २८ गते रति गोली प्रहार गर्दा गोलबजार नगरपालिका-१३ बस्ने बेचन पासवानलाई हातमा र दाजु नथुनी पासवानलाई छातीमा गोली लागि घाइते भएकोमा नथुनी पासवानको घटनास्थलमै मृत्यु र जगदिशले रामलाई कुटपिट गर्दा रामको समेत मृत्यु भएको घटना अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले घटनामा संलग्न जगदिशलाई गोलबजार काशीपुर सलेस मन्दिर नजिकबाट पक्राउ गरेको हो । उनलाई थप आवश्यक कानुनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चौयामा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप