भित्ते चित्रबाट लुम्बिनी र कपिलवस्तु हटाउन भारतसँग किसान संगठनहरुको माग
काठमाडौँ । नेपालका ६ कम्युनिस्ट पार्टी निकट किसान संगठनहरूले भारतको नयाँ संसद् भवनको भित्तामा विश्व सम्पदा सूचीमा समावेश भएका नेपालका प्रसिद्ध तथा ऐतिहासिक तीर्थस्थलहरू लुम्बिनी र कपिलवस्तु समेत समेटिएको ‘अखण्ड भारत’ नामको भित्ते चित्र (मुरल) अङ्कित गरेको प्रति आपत्ति जनाएका छन् । भारत सरकारको यस कदमले नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता तथा नेपालको स्वाभिमानमाथि अपूर्व आँच पुर्याएको बताउँदै उनीहरूले यसप्रति घोर आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी भारत सरकारलाई त्यो भित्ते चित्रबाट नेपालका गौरवमय स्थलहरू लुम्बिनी र कपिलवस्तुसहितको नेपाली भूमि तत्काल हटाई नेपालको सार्वभौमिक अखण्डता, स्वाधीनता र स्वतन्त्रताको सम्मान गर्न जोडदार माग गर्दछौँ । यस विषयमा आफ्नो प्रष्ट दृष्टिकोण जनसमक्ष सार्वजनिक गर्न र देशको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्ने दृढता प्रदर्शन गर्नका लागि नेपाल सरकारसमक्ष समेत जोडदार आग्रह गर्दछौँ ।’
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण