‘जारी’ले पार गर्यो प्रदर्शनको ५१ औं दिन
आइतबार, २१ जेठ २०८०, १० : ३२
काठमाडौँ । दयाहाङ राई र मिरुना मगर अभिनित ‘जारी’ले प्रदर्शनको ५१ औं दिन पार गर्न सफल भएको छ । फिल्मले शनिबारबाट उपत्यका उपत्यकामा १८ र बाहिर मोफसलमा ११ वटा हलमा ५१ औं दिन पार गरेको हो ।
फिल्मले अहिलेसम्म १७ करोड बढी ग्रस कमाइ गरेको कार्यकारी निर्माता मणिराम पोखरेलले दिए । ‘विशेषगरि पूर्वका हलमा फिल्मले राम्रो कमाइ गरेको छ’ पोखरेलको भनाई छ ।
नयाँ बर्षको अवसर पारेर १ बैशाखबाट प्रदर्शनमा आएको फिल्मले अमेरिका, युरोप, अष्ट्रेलिया लगायतका मुलुकमा फिल्म राम्रो दर्शक पाएको छ ।
लिम्बू समुदायमा प्रचलित जारी प्रथाको कथामा निर्माण भएको फिल्ममा दयाहाङ र मिरुनाको अलवा विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बुको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण