तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
काठमाडौँ । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ।
स्कटल्याण्डको टिटवुड मैदानमा सम्पन्न रोमाञ्चक खेलकाे तेस्रो ओभरमा नेपाल पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।
पहिलाे सुपर ओभरमा नेपालले १९ रन जोड्दा जवाफमा नेदरल्यान्ड्सले पनि १९ रननै जोडेपछि खेलमा दोस्रो सुपर ओभर भएको थियो । दोस्रो सुपर ओभरमा दुवै टिमले १७–१७ रन बनाए। तेस्रो सुपर ओभरमा नेपाल ४ बलमै २ विकेट गुमाउँदै रनविहीन भयो। त्यसपछि माइकल लेभिटले पहिलो बलमै छक्का प्रहार गर्दै नेदरल्यान्ड्सलाई जित दिलाए।
नेपालले १५३ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहित पौडेलले ४८ रन बनाए। अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक हुँदा नन्दन यादवले चौका प्रहार गर्दै खेल सुपर ओभरमा पुर्याएका थिए। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने ललित, नन्दन र कुशलले १–१ विकेट लिए।
नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्दै १५२ रन बनाएको थियो। तेजा निदामनुरुले ३५ रन बनाए भने जुल्फिकरले २२ रन जोडे। नेपालका किरण ठगुन्ना र रुपेश सिंहले डेब्यु गरेका थिए।
पहिलो र दोस्रो सुपर ओभर बराबरी भएसँगै भएको तेस्रो ओभरमा नेपालले १ रन पनि जोड्न नसक्दा १ रनको लक्ष्य पाएको नेदरल्याण्ड्सले पहिलो बलमा छक्का प्रहार गर्दै जित हात पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण