महिला क्रिकेटमा मलेसियालाई हराउँदै नेपालले टीट्वान्टी शृंखला जित्यो
काठमाडौं । महिला टीट्वान्टी क्रिकेट शृंखलाको निर्णायक खेलमा नेपाली टोली विजयी भएको छ । शृंखलाको पाँचौं तथा अन्तिम खेलमा आइतबार नेपालले मलेसियालाई तीन विकेटले पराजित ग¥यो । जितसँगै भ्रमणकारी टोली नेपालले पाँच खेलको शृंखला पनि ३—२ ले जित्यो ।
अन्तिम खेलअघि शृंखला २—२ को बराबरीमा थियो । अन्तिम खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली नेपालले भने १९.२ ओभरमा सात विकेट गुमाएर एक सय १० रन बनाउँदै विजयलक्ष्य पूरा ग¥यो ।
पहिलो ब्याटिङ गरेको मलेसियाका लागि ओपनर वान जुलियाले ४७ रनको योगदान गरिन् । उनले ६० बलको सामना गरी तीन चौका पनि हिर्काइन् । अर्की ओपनर विनिफ्रेड एनी दुराइसिंगमले पनि २४ रन बनाइन् । उनले २५ बलको सामना गरी चार चौका हिर्काइन् ।
दुबैजनाले ओपनिङ विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएकी माहिराह इजाती इस्माइल ३१ बलमा एक चौकाको मद्दतले २० रन जोडिन् । मलेसियाले अतिरिक्त रुपमा १२ रन पाएको थियो । नेपालकी बलर कविता जोशीले दुई र ईश्वरी बिष्टले एक विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि ओपनर सीता रानामगरले ३४ रनको योगदान गरिन् । उनले केवल ३७ बलको सामना गरी ६ वटा चौका पनि प्रहार गरिन् । अर्की ओपनर कविता कुँवर चार रनमा आउट भइन् ।
तेस्रो नम्बरकी ब्याट्सउमन ईन्दू बर्मा पाँच र चौथो नम्बरमा क्रिज समाल्न आएकी सम्झना खड्का शून्य रनमै पेभेलियन फर्किएपछि नेपाल दबाबमा परेको थियो । त्यसपछि पाँचौं नम्बरमा क्रिज समाल्न आएकी कप्तान रुबिना क्षेत्री बेल्बासीले नेपालका पाली समाल्ने प्रयास गरेकी थिइन् । उनले ३० बलको सामना गरी तीन चौकाको मद्दतले २३ रन बनाइन् ।
बिन्दू रावल पाँच रनमा आउट भइन् भने कविता जोशीले पनि पाँच रन बनाइन् । ज्योति पाण्डेले अविजित ११ रन र अप्सरी बेगमले अविजित १५ रन बनाए । यी दुबैले जिम्मेबारीपूर्ण ब्याटिङ गर्दै नेपाललाई जितसम्म डो¥याएका थिए ।
नेपालले अतिरिक्त रुपमा आठ रन पाएको थियो । मलेसियाका बलर आइना हमिजाहले दुई तथा माहिरा इजाती, विनिफ्रेड, आसिया एलिसा र नुर दानियाले एक÷एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने