विद्यालय कर्मचारीहरू आन्दोलित
काठमाडौं । सामुदायिक विद्यालय कर्मचारीहरू आन्दोलित बनेका छन् । सरकारले बजेट मार्फत आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विद्यालय कर्मचारीहरूले आन्दोलन थालेका हुन् ।
सामुदायिक विद्यालय कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो।
आन्दोलन कार्यक्रम अन्तर्गत आजदेखि उनीहरूले विद्यालयको चाबी बुझाएर सम्बन्धित जिल्ला शिक्षा समन्वय इकाईमा धर्ना दिन थालेका छन् ।
उनीहरूले जेठ २७ देखि असार १ गतेसम्म काठमाडौँस्थित भद्रकालीमा रिले अनसन बस्ने कार्यक्रम रहेको नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले बताए ।
जेठ ५ गते सरकारले ल्याएको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवा सुविधाको सम्बन्धमा सम्बोधन गरिने बताएको थियो । तर, बजेटमा माग सम्बोधनको विषय समावेश नगरिएको भन्दै आन्दोलन थालिएको महासचिव योगीले बताए ।
सरकारले माग सम्बोधन गरियो भनेर घोषणा नगर्दासम्म आन्दोलन फिर्ता नहुने र वार्ताका लागि नजाने उनको भनाई छ । देशभर रहेका ३० हजारभन्दा बढी विद्यालय कर्मचारीहरू सेवा सुरक्षा लगायत विभिन्न मागहरू राख्दै आएका छन् । तर, सरकारले उनीहरूलाई न्यून सेवा सुविधासहित काममा लगाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण