राष्ट्रपति मन्त्रिपरिषदको कारिन्दा हैन : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति मन्त्रिपरिषदको कारिन्दा हुन नसक्ने टिप्पणी गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै राप्रपाको संसदीय दलका नेता समेत रहेका लिङ्देनले भने– ‘राष्ट्रपति कार्यालय मन्त्रिपरिषदको आज्ञापालक हैन, राप्रपाले राष्ट्रपति संस्था संवैधानिक हिसावले पनि निष्पक्ष हुँदैन, हामीले यसलाई जतिसुकै निष्पक्ष भनेपनि यो अभिभावक हुन सक्दैन ।’
अध्यक्ष लिङदेनले यत्रो दिन किन नागरिकता विधेयकमा सरकारको चासो भएन र भारत भ्रमण अघि कसको स्वार्थमा प्रमाणीकरण गरियो भन्दै प्रश्न गरे । उनले भने–‘ बाउआमा नागरिक भएका तर छोराछोरी नागरिकता पाउनबाट बञ्चित रहेका हजारौं उमेर पुगेका मानिसहरुले नागरिकता पाउनुपर्दछ, उनीहरुका लागि चाँडोभन्दा चाँडो नागरिकता विधेयकमा संशोधन हुनुपर्दछ । अहिले पछिल्लो पटक जुन प्रक्रियाबाट र जुन समयमा नागरिकता विधेयक प्रमाणीकरण गरियो त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी विरोध गर्दछ ।’
उनले चाँडोभन्दा चाँडो संसदबाट प्रक्रिया पुर्याएर नागरिकता विधेयक पारित गर्न माग गरे । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको निष्क्रिय नागरिकता विधेयकको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमाले, प्रतिपक्षी दल राप्रपा, रास्वपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् । अध्यक्ष लिङ्देनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ नआउँदै कोही व्यक्तिलाई आम माफी दिइन्छ भने यो देशलाई कतातिर लैजान खोजिएको छ भन्दै प्रश्न गरे । उनले यसबारेमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण