ओलीले भने–देशको समग्र हितको रक्षापछि मात्रै संसद्को गतिरोध अन्त्य हुन्छ
आइतबार, २१ जेठ २०८०, १५ : १४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठक अवरोधपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसद्को गतिरोध हटाउने बताए ।
उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’
प्रतिपक्षी दलहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक १ घण्टाका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण