शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘बोल माया’ अर्को सिरिज ‘दमाई महाराज’ ल्याउँदै प्रकाश सपुत

सोमबार, २२ जेठ २०८०, १३ : ५६
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । गायक प्रकाश सपुतको पछिल्लो गीत ‘सकम्बरी’ चर्चामा रह्यो । त्यसको चर्चा सेलाउन नपाउँदै उनी ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारी छन् ।

‘बोल माया’ प्रकाशको सांगीतिक करिअरकै सबैभन्दा चर्चित गीत हो । यो गीतको सिरिजका रूपमा भने प्रकाशले ‘दमाई महाराज’ बोलको गीत ल्याउने भएका छन् । उनले गीतका बारे फेसबुकमार्फत जानकारी दिएका छन् ।

‘भनेको थिएनी - यो साल २०८० मा मैले “जातिय विभेद विरुद्दको वर्ष” को रुपमा आफ्ना सिर्जनाहरु ल्याउने छु ।  यसको सुरुवात स्वरूप नयाँ सिर्जनाको टाइटल जुरेको छ दमाई महाराज’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘मेरो करियरका दुई कोशे ढुङ्गा गलबन्दी र ‘बोल माया’ कै अर्को भाग हो दमाई महाराज । जहिले पनि अर्को भाग आउँदैछ भन्ने तर नल्याउने भनेर प्रेमिल गुनासो गर्नेहरूका लागि पनि यो मिठो सम्बोधन हुन सक्छ ।’ बोल मायाको दोस्रो भागमा उनले बाध्यताले अरब जाने र दुर्भाग्यवश काठको बाकसमा फर्किनेको विरक्त लाग्दो कथा पस्किने समेत बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप