‘बोल माया’ अर्को सिरिज ‘दमाई महाराज’ ल्याउँदै प्रकाश सपुत
काठमाडौँ । गायक प्रकाश सपुतको पछिल्लो गीत ‘सकम्बरी’ चर्चामा रह्यो । त्यसको चर्चा सेलाउन नपाउँदै उनी ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारी छन् ।
‘बोल माया’ प्रकाशको सांगीतिक करिअरकै सबैभन्दा चर्चित गीत हो । यो गीतको सिरिजका रूपमा भने प्रकाशले ‘दमाई महाराज’ बोलको गीत ल्याउने भएका छन् । उनले गीतका बारे फेसबुकमार्फत जानकारी दिएका छन् ।
‘भनेको थिएनी - यो साल २०८० मा मैले “जातिय विभेद विरुद्दको वर्ष” को रुपमा आफ्ना सिर्जनाहरु ल्याउने छु । यसको सुरुवात स्वरूप नयाँ सिर्जनाको टाइटल जुरेको छ दमाई महाराज’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘मेरो करियरका दुई कोशे ढुङ्गा गलबन्दी र ‘बोल माया’ कै अर्को भाग हो दमाई महाराज । जहिले पनि अर्को भाग आउँदैछ भन्ने तर नल्याउने भनेर प्रेमिल गुनासो गर्नेहरूका लागि पनि यो मिठो सम्बोधन हुन सक्छ ।’ बोल मायाको दोस्रो भागमा उनले बाध्यताले अरब जाने र दुर्भाग्यवश काठको बाकसमा फर्किनेको विरक्त लाग्दो कथा पस्किने समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण