शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मध्य बानेश्वरमा सामसङको नयाँ सर्भिस सेन्टर

सोमबार, २२ जेठ २०८०, १४ : २५
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । सामसङले हालै मध्य बानेश्वरमा नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ । सो उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइ एम एसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइएमएसका सेल्स हेड कैलाश अइयर को समेत उपस्थिति रहेको थियो ।

 सो सर्भिस सेन्टर सामसङद्वारा नेपालमा खोलिएको २१औँ रहेको छ । सामसङले काठमाडौँ उपत्यका भित्र ५ ओटा र उपत्यका बाहिर १५ ओटा सर्भिस सेन्टर गरी २० ओटा स्थानहरूमा पहिले देखि नै आफ्नो सेवा प्रदान गर्दै आइरहेको थियो । यस बानेश्वरस्थित नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवा प्रदान गरिने जानकारी पाइएको छ । सो प्रारम्भिक सर्भिस सेन्टरबाट बानेश्वर लगायत कोटेश्वर, चाबहिल, बौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभ पाउने कुरामा पनि सामसङको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप