सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

संसदमा सत्तापक्ष र प्रतिपक्षको दोहोरी

सोमबार, २२ जेठ २०८०, १४ : ५५
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । संसदमा प्रधानमन्त्रीले बोल्दाबोल्दै अवरोध भएपछि तनावको अवस्था सिर्जना भएको छ । प्रधानमन्त्रीले नागरिकता विधेयकबारे सदनमा उठेका प्रश्नको जवाफ दिँदादिँदै एमालेले अवरोध गरेपछि विवाद भएको हो । 

प्रधानमन्त्रीले जवाफ दिँदादिँदै प्रतिपक्षीले अवरोध गरेर नियमावली उलंघन गरेको सत्तापक्षको दाबी छ । एमालेले प्रधानमन्त्रीलाई बिचमै रोक्ने र सत्तापक्षले पनि डिस्टर्ब गर्ने परिस्थिति बन्दा संसदमा दोहोरीको अवस्था सिर्जना भएको हो । 

प्रधानमन्त्रीले आफ्नो कुरा राख्नु पाउनुपर्ने पटक पटक रोस्टमबाट भनेपनि एमालेले सुनेन र संसदमा चर्काचर्कीको अवस्था सुरु भयो । 

यसअघि प्रधानमन्त्रीले बोल्ने क्रममा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्ले दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगरी संविधानलाई नै क्राइसेसमा राख्ने काम भएको बताएका थिए । 

‘हाम्रो संविधानअनुसार सरकार, सदन, यी सबै संस्थाहरू अभिछिन्न उत्तराधिकारवाला संस्थाहरू हुन् । के कुनै सांसदहरूलाई यसबारे प्रश्न र शङ्का छ र ?’, प्रचण्डले भने, ‘एउटा सरकारले, नेपाल सरकारले गरेको निर्णय अर्को सरकारले सिधै मान्दिनँ भनेर पाउँदैन ।’ 

प्रतिनिधिसभा या सदनपनि अभिछिन्न उत्तराधिकारवाला संस्था भएको प्रचण्डको भनाइ थियो । एउटा संसद्ले पारित गरेको विषयलाई अर्को संसद्ले अन्यथाबाहेक मान्दिनँ भन्न नमिल्ने र नपाउने बताए । 

उनले मिचिएको संविधानलाई ट्याकमा ल्याउने सबैभन्दा संवैधानिक उपाय एउटा राष्ट्रपतिले संविधानको पालना गर्नुपर्ने दायित्व पुरा नगरेर होल्डमा राखेपछि समस्या भएको बताए । त्यसअघि प्रतिपक्षीको तर्फबाट एमाले सांसद सूर्य थापा र रघुजी पन्तले बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप