आर्थिक विधेयकका विशेष व्यवस्था स्वेछिच्क हुन् : महानिर्देशक मैनाली
काठमाडौँ । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले सरकारले आर्थिक विधेयकमा गरेका विशेष व्यवस्था स्वेछिच्क भएको बताएका छन् ।
सोमबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) र विभागले संयुक्त रुपमा आयोजना गरेको ‘परिवर्तित कर नीति: भ्रम र यथार्थ’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक मैनालीले आर्थिक विधेयकमा ल्याएका व्यवस्था गरेका छुट सुविधाहरू लिन करदातालाई भनेको तर बाध्यकारी नभएको पनि बताए ।
उनले सरकारले अहिले आएको आर्थिक विधेयकमा आर्थिक ऐनका व्यवस्थाहरूमा केही पनि परिवर्तन नभएको बताए । सरकारले आयकर ऐनमा कुनैपनि संशोधन नगरेको पनि उनले बताए । करदातालाई विशेष सुविधाको व्यवस्था गर्दा अहिलेका वर्तमान समस्या समाधान सहज बनाउन खोजिएको उनले बताए । उनले सरकारलाई राजश्वको चाप रहेकाले बढी आय भएकाहरुलाई आय करमा वृद्धि गरिएको बताए ।
महानिर्देशक मैनालीले सरकारले ५० लाख भन्दा बढी आम्दानी भएकालाई ३० प्रतिशत आयकर व्यवस्था गरेको बताए । सरकारको राजश्व संकलनमा सहजता भएसँगै घटाउने उनले बताए । ५० लाखभन्दा बढी आम्दानी गर्ने करदाता १ हजार ५० करदाता रहेको उनले बताए ।
महानिर्देशक मैनाली मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुँदा पनि हवाई टिकटको मूल्य ५ देखि ६ प्रतिशतमात्रै बढ्ने बताए । नेपाल सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचिमा हवाई टिकटलाई समेत समावेश गरेको भन्दै १३ प्रतिशतले महँगिने भन्ने प्रचार गलत भएको उनले बताए । बढीमा ५ देखि ६ प्रतिशतमात्रै टिकटको मूल्य बढ्ने उनले बताए ।
महानिर्देशक मैनालीले हवाई टिकटको भाडामा मात्र भ्याट लाग्ने, इन्धन र विमानस्थल शुल्कमा अहिले पनि भ्याट जोडिने भएकाले अब भाडामा मात्रै लाग्ने बताए । इन्धन चार्ज, विमानस्थल शुल्क, बीमा शुल्क र वायुसेवा कम्पनीले लिने भाडा गरी अहिले यात्रुले हवाई भाडाका रुपमा एकमुष्ट रकम तिरिरहेको उनले बताए ।
महानिर्देशक मैनालीले इन्धन र विमानस्थल शुल्कमा अहिले पनि भ्याट तिरिरहेका कारण अतिरिक्त तिर्नु नपर्ने बताए । नेपाल सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचिमा हवाई टिकटलाई समेत समावेश गर्दा करिब १० अर्ब राजश्व बढ्ने अवस्था रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण