शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
सुरुङमार्ग

सिद्धबाबा सुरूङमार्ग अब धमाधम

बर्खा लाग्नु अगावै डाइभर्सनको काम सक्ने गरी चौबीसै घण्टा काम
सोमबार, २२ जेठ २०८०, १६ : ४६
सोमबार, २२ जेठ २०८०

बुटवल । बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा सुरुङ मार्गको काम धमाधम भइरहेको छ । 

सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने सिद्धबाबामा सुरूङमार्ग निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । उसले सडक निर्माण गर्दा यात्रुलाई असर नपर्ने ठाउँमा दिउँसोमा काम गरेको छ भने अरू ठाउँमा राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम थालेको छ । 

१ हजार १२६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइनेछ । जसमा सिद्धबाबा मन्दिर तलको डाइभर्सन काम सकेर टनेल पोर्टलको निर्माणको कामलाई तीव्रता दिएको आयोजनाले जनाएको छ । कम्पनीले बर्खा लाग्नु अगावै डाइभर्सनको काम सक्ने गरी चौबीसै घण्टा काम भइरहेको बताएको छ । 

Siddhababa_ 5

कम्पनीले अहिले डिपीआर नआउँदासम्म डाइभर्सनको काम सक्नेसँगै टनेलमा काम गर्ने योजनाअनुसार चौबिसै घण्टा सुरूङमार्ग निर्माणको काम धमाधम भइरहेको इन्जिनियर युधिष्ट पन्थीले बताए । 

अहिले ठाउँ ठाउँमा पर्खाल गाउने काम पनि दिउँसोमा भएको छ । तर राती केही ठाउँका स्लोप मिलाउने काम भएको उनले बताए । 

यो परियोजनामा १० अर्ब रकम लाग्ने अनुमान गरिएको छ । ठेकेदार कम्पनीले  तोकिएको मितिभित्रै डीपीआर प्रतिवेदन बुझाएर र अहिले साइटको काम पनि चौबिसै घण्टा गरेको देख्दा आफूहरू उत्साहित भएको सडक निर्माण परियोजनाको सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताइन् । 

डाइभर्सनको काम सकाएपछि बर्खामा पनि कम्पनीले कामलाई निरन्तरता दिन सक्ने उनको भनाइ छ  ।

2

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा पर्ने करिब ३ किलोमिटर क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि ठुलो दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ । 

परियोजनालाई पूर्णता दिन अहिलेको बजेट भाषणमा पनि अर्थमन्त्री प्रकाश शरण महतले सिद्धबाबा मार्गलाई समेटेका छन् ।

परियोजना सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले रातोपाटीसँग भनिन्, ‘लगातार काम गर्दा बजेट समस्या नहोला भन्ने हाम्रो विश्वास छ ।’ 

गत वर्ष ग्लोबल टेन्डर हुँदा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का पाएको थियो । सुरूङमार्ग ५ वर्षभित्र बनाउने सम्झौता छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप