ओलीले संसदमा ‘उहाँहरूले अग्नि सापकोटा चिनेको छ र ?’ भनेपछि रास्वपा सांसदले टेबल ठोके
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नागरिकता सम्बन्धी विधेयक फेरि संसद्मा ल्याएर छलफल प्रक्रियाबाट अघि बढाउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकतासम्बन्धी विधेयकमाथि आफ्नो धारणा राख्दै ओलीले अघिल्लो संसद्ले पारित गरेको विधेयक मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रमाणीकरण गर्न नसक्ने बताए ।
उनले पहिले र अहिलेको संसद्को स्वरूप नै फरक भएको बताए । उनले अघिल्लो संसद्मा आफ्नो दलको संसद् सङ्ख्या धेरै रहेको उल्लेख गर्दै अहिले कम भएको, कांग्रेसको बढेको र नयाँ दल पनि संसद्मा आएको बताए । उनले नयाँ आएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि कुनै कानुन बन्नुभन्दा अगाडि त्यसमाथि छलफल गर्न पाउनुपर्ने बताए ।
ओलीले भने– ‘अहिलेका जल्ला बल्दा विषयमा यसरी जानुहुँदैन । विधेयक फेरि संसद्मा ल्याउनुपर्छ । जसो गरे पनि संसद्मा ल्याउनुपर्छ । संसद्ले छलफल गर्न पाउनुपर्छ । यो नयाँ संसद् हो अनि त्यो भूत भइसकेको, कुन सभामुखले सिफारिस गरेको कस्तो तरिका होला हेर्नुस् त ? फर्म्याट छ एउटा, सभामुख अग्नि सापकोटाको सिफारिस । कहिलेको सिफारिस ? कुन संसद्मा सभामुख अग्नि सापकोटा हुनुहुन्थ्यो ? (रास्वपाका सांसदहरू बसेको ठाउँ देखाउँदै) उत्तापट्टि बस्या साथीहरूलाई थाहा छ ? अग्नि सापकोटा कहिलेको संसद्को सभामुख हो उहाँहरूले देख्नुभएको छ । त्यसमा उहाँहरूले छलफल गर्न पाउनुभएको छ ? त्यो भएको छैन भने कानुन बन्नुभन्दा अगाडि उहाँहरूले संसद्मा छलफल गर्न पाउनुपर्यो कि परेन ?’
ओलीले यसो भनेपछि रास्वपाका सांसदहरूले समर्थनमा टेबल ठोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण