शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भद्रकाली र साइपालको जित

सोमबार, २२ जेठ २०८०, १७ : १५
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । भद्रकाली र साइपाल एकेडेमीले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर छात्रतर्फ सोमबार जित हात पारेका छन् । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित उक्त प्रतियोगितामा भद्रकालीले स्कोलर्स होमलाई ४३–३७ अंकले हरायो ।

भद्रकालीको जितमा प्रतीक राईले २० अंकको योगदान गरे । आयुश खड्काको नौ अंकको सहयोगमा साइपालले भने बीएमसीएको ‘ए’ टोलीलाई २९–२० ले पराजित ग¥यो । सिनियर छात्रतर्फ नै सेन्ट जोसेफले एचएचसीएलाई ५२–४९ अंक र बूढानीलकण्ठ आश्रमले नेसनल युनाइटेडलाई ३२–२५ अंकले पाखा लगाए ।

सेन्ट जोसेफका निकेश तामाङले २५ र बूढानीलकण्ठका रेगन गुरुङले १३ स्कोर गरे । सिनियर छात्रातर्फ एचएचसीएले साइपाललाई ३१–२३ अंक र ग्रिनल्यान्डले सेन्ट जेभियर्सलाई २१–१७ अंकले पन्छाए । एचएचसीएकी प्रमिला लामा र ग्रिनल्यान्डकी श्रृषा गुरुङले ६÷६ स्कोर गरे ।

यसैगरी जुनियर छात्रतर्फ स्किब्सले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २३–२० अंक, हिमालयन किङडमले बीएमसीएलाई ३०–२१ अंक र एन्जल्स हार्टले ग्रिनल्यान्डलाई २५–२० अंकले पराजित गरे । स्किब्सका सोहन ठकुरीले ११, हिमालयन किङडमका लोप्साङ तामाङले १४ र एन्जल्स हार्टका अंक्स घलेले ६ अंक जोडे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप