भद्रकाली र साइपालको जित
काठमाडौँ । भद्रकाली र साइपाल एकेडेमीले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर छात्रतर्फ सोमबार जित हात पारेका छन् । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित उक्त प्रतियोगितामा भद्रकालीले स्कोलर्स होमलाई ४३–३७ अंकले हरायो ।
भद्रकालीको जितमा प्रतीक राईले २० अंकको योगदान गरे । आयुश खड्काको नौ अंकको सहयोगमा साइपालले भने बीएमसीएको ‘ए’ टोलीलाई २९–२० ले पराजित ग¥यो । सिनियर छात्रतर्फ नै सेन्ट जोसेफले एचएचसीएलाई ५२–४९ अंक र बूढानीलकण्ठ आश्रमले नेसनल युनाइटेडलाई ३२–२५ अंकले पाखा लगाए ।
सेन्ट जोसेफका निकेश तामाङले २५ र बूढानीलकण्ठका रेगन गुरुङले १३ स्कोर गरे । सिनियर छात्रातर्फ एचएचसीएले साइपाललाई ३१–२३ अंक र ग्रिनल्यान्डले सेन्ट जेभियर्सलाई २१–१७ अंकले पन्छाए । एचएचसीएकी प्रमिला लामा र ग्रिनल्यान्डकी श्रृषा गुरुङले ६÷६ स्कोर गरे ।
यसैगरी जुनियर छात्रतर्फ स्किब्सले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २३–२० अंक, हिमालयन किङडमले बीएमसीएलाई ३०–२१ अंक र एन्जल्स हार्टले ग्रिनल्यान्डलाई २५–२० अंकले पराजित गरे । स्किब्सका सोहन ठकुरीले ११, हिमालयन किङडमका लोप्साङ तामाङले १४ र एन्जल्स हार्टका अंक्स घलेले ६ अंक जोडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण