सरकारले बजेटमार्फत दोहोरो भूमिका खेल्छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेट बनाउने बेलामै सरकारले दोहोरो भूमिका खेल्ने गरेको बताएका छन् । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कार्यक्रममा बोल्दै सरकारले बजेट प्रस्तुत गर्ने बेलामा राम्रा र लोकप्रिय बुँदा राख्ने र आर्थिक ऐन र विधेयकमा भने फरक आँकडा प्रस्तुत गर्ने गरेको बताए । ‘बजेट भाषण सुन्ने बेलामा राम्रा राम्रा बुँदाहरू हुन्छन् सोही अनुसार उद्योगी व्यवसायीले प्रतिक्रिया पनि राम्रै दिन्छन्,’ उनले भने, ‘तर, आर्थिक विधेयक र ऐनमा फरक आँकडाका कारण उद्योगी व्यवसायीको बजेटमाथिको प्रतिक्रिया पनि फरक पर्छ ।’
उनले बजेट लेखन गर्ने बेलामै निजी क्षेत्रले उठाएका कुरा बजेट भाषणमा समेटिने तर, रातो किताब आउँदा फरक भएर आउने गरेको होकि भन्ने शंंका रहेको बताए । यसपालि पनि निजी क्षेत्रले राखेका धेरै बुँदाहरू बजेट भाषणमा समेटिएको तर, रातो किताबमा फरक आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण