शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखले संसदीय प्रणाली र प्रक्रिया बाहिर गएर संसद् चलाउनुभयो : सांसद पौडेल

सोमबार, २२ जेठ २०८०, २० : ३६
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले सभामुखले प्रतिनिधि सभा बैठकलाई संसदीय प्रक्रियाभन्दा बाहिर गएर चलाएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसद पौडेलले प्रधानमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई सम्बोधन गर्न दिनु संसदीय प्रक्रिया र स्थापित मूल्य, मान्यता बाहिर भएको बताए । उनले प्रधानमन्त्रीको कुरालाई खण्डन गर्न सभामुखले तत्कालै प्रतिपक्ष दलका नेतालाई समय दिनु संसदीय प्रणाली र प्रक्रिया विपरीत भएको बताए । उनले सभामुख प्रक्रियाभन्दा बाहिर जानु शोभनिय नभएको बताए । उनले सभामुखले संसद्लाई रिपोटर्स क्लब जसरी उत्ताउलो र भद्दा तरिकाले चलाएको टिप्पणी गरे ।  

सांसद पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत निकै महत्त्वका साथ हेरको बताए । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपलब्धिको रुपमा मुर्रा राँगो मात्रै ल्याएको टिप्पणी गर्नु कूटनीतिक मर्यादा विपरीत भएको बताए । उनले ओलीले अपमानजनक टिप्पणी गरेको बताए । 

सांसद पौडेलले जे कुरामा पनि विरोध गरेमा सत्तापक्षलाई नभई प्रतिपक्षलाई नै घाटा हुने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप