सभामुखले संसदीय प्रणाली र प्रक्रिया बाहिर गएर संसद् चलाउनुभयो : सांसद पौडेल
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले सभामुखले प्रतिनिधि सभा बैठकलाई संसदीय प्रक्रियाभन्दा बाहिर गएर चलाएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसद पौडेलले प्रधानमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई सम्बोधन गर्न दिनु संसदीय प्रक्रिया र स्थापित मूल्य, मान्यता बाहिर भएको बताए । उनले प्रधानमन्त्रीको कुरालाई खण्डन गर्न सभामुखले तत्कालै प्रतिपक्ष दलका नेतालाई समय दिनु संसदीय प्रणाली र प्रक्रिया विपरीत भएको बताए । उनले सभामुख प्रक्रियाभन्दा बाहिर जानु शोभनिय नभएको बताए । उनले सभामुखले संसद्लाई रिपोटर्स क्लब जसरी उत्ताउलो र भद्दा तरिकाले चलाएको टिप्पणी गरे ।
सांसद पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत निकै महत्त्वका साथ हेरको बताए । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपलब्धिको रुपमा मुर्रा राँगो मात्रै ल्याएको टिप्पणी गर्नु कूटनीतिक मर्यादा विपरीत भएको बताए । उनले ओलीले अपमानजनक टिप्पणी गरेको बताए ।
सांसद पौडेलले जे कुरामा पनि विरोध गरेमा सत्तापक्षलाई नभई प्रतिपक्षलाई नै घाटा हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण