बाढीले जापानमा ३ जनाको मृत्यु, ९९० घर ध्वस्त
टोकियो । जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीले तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति पुगेको छ । स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएअनुसार मध्य जापानको आइची र शिजुओका प्रान्तहरूमा आँधी र भारी वर्षाका कारण व्यापक क्षति पुगेको छ । यहाँ पुनस्र्थापना कार्य अझै जारी छ ।
राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार यसअघि बेपत्ता भएका इवाता सहरका ७४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको पुष्टि भएको छ ।
उनको शव आइतबार शिजुओका प्रान्तको फुकुरोईको तटमा फेला परेको थियो । योसँगै बाढीबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । त्यसैगरी बाढीमा परेका घरको सङ्ख्या आइचीमा दुई सय ७३ र सिजुओकामा सात सय १७ पुगेको छ ।
स्थानीय अधिकारीहरूले केही आवासीय क्षेत्रहरूमा पानी आपूर्ति पुनःस्थापना गर्न र आइची प्रान्तमा विद्यालयहरू सफा गर्न प्रयासहरू गरिरहेका छन् ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण