शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले जापानमा ३ जनाको मृत्यु, ९९० घर ध्वस्त

सोमबार, २२ जेठ २०८०, २१ : ४५
सोमबार, २२ जेठ २०८०

टोकियो । जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीले तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति पुगेको छ । स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएअनुसार मध्य जापानको आइची र शिजुओका प्रान्तहरूमा आँधी र भारी वर्षाका कारण व्यापक क्षति पुगेको छ । यहाँ पुनस्र्थापना कार्य अझै जारी छ । 

राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार यसअघि बेपत्ता भएका इवाता सहरका ७४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको पुष्टि भएको छ ।

उनको शव आइतबार शिजुओका प्रान्तको फुकुरोईको तटमा फेला परेको थियो । योसँगै बाढीबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । त्यसैगरी बाढीमा परेका घरको सङ्ख्या आइचीमा दुई सय ७३ र सिजुओकामा सात सय १७ पुगेको छ ।

स्थानीय अधिकारीहरूले केही आवासीय क्षेत्रहरूमा पानी आपूर्ति पुनःस्थापना गर्न र आइची प्रान्तमा विद्यालयहरू सफा गर्न प्रयासहरू गरिरहेका छन् ।-(रासस/सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप