सदन
प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने, राष्ट्रियसभामा प्रधानमन्त्रीको सम्बोधन
मङ्गलबार, २३ जेठ २०८०, ०६ : २०
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा आगामी आर्थिक वर्ष २०८०-०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । हिजोबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो ।
जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सोमबारबाट सदनमा छलफल प्रारम्भ भएको थियो ।
यता राष्ट्रिय सभाको बैठक पनि आज बिहान ११ः११ बजे बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राष्ट्रिय विषयमा वक्तव्य दिने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण