आज मधेस प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
मङ्गलबार, २३ जेठ २०८०, ०७ : ०३
जनकपुर। मधेस सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मधेस प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । जसका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । अर्थमन्त्री सञ्जय कुमार यादवले मधेस प्रदेश सरकारले नमुना १०० आयोजनाहरूको घोषणा गरेर कार्यान्वयनमा ल्याइने जनाई सकेका छन् ।
यादवका अनुसार नीति तथा कार्यक्रममार्फत पुरानो योजनाहरूलाई निरन्तरता दिँदै मुख्यतः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण