आज मधेस प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
मङ्गलबार, २३ जेठ २०८०, ०७ : ०३

जनकपुर। मधेस सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मधेस प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । जसका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । अर्थमन्त्री सञ्जय कुमार यादवले मधेस प्रदेश सरकारले नमुना १०० आयोजनाहरूको घोषणा गरेर कार्यान्वयनमा ल्याइने जनाई सकेका छन् ।
यादवका अनुसार नीति तथा कार्यक्रममार्फत पुरानो योजनाहरूलाई निरन्तरता दिँदै मुख्यतः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको बेङ्लोरका दर्जनौं विद्यालयमा बम राखेको ‘अफबाह’ फैलिएपछि....
-
अस्थायी आवासका लागि आज रु २४ करोड पठाइयो
-
निर्देशक पद गएपछि पौडेलको आक्रोशः राणा शासन भन्दा कडा अधिनायकवाद
-
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : कोइराला
-
पूर्वी नेपालमा बढ्यो हात्ती आङ्तक
-
महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा एक महिला पक्राउ