ओलीको प्रश्न : अर्थमन्त्रीजी अर्थतन्त्र ‘रिकभरी’का लागि च्यवनप्राश खाेई ?
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमा समेटेको गाँजाको विषयप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटमा औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको अध्ययन गर्ने भनेर उल्लेख भएकोमा असन्तुष्टि जनाएका हुन् ।
‘कसले गाँजा खेती गर्न खोजेको छ ?’ ओलीले सरकारलाई प्रश्न गरे । उनले भने,‘धान फलाउने, आलु फलाउने, कृषि बढाउनेतर्फ ध्यान छैन । खाद्यान्नमा आत्मनिर्भर बन्ने भन्ने छैन ।’
ओलीले गाँजाबारे प्रश्नै प्रश्न गरे । ‘कसका लागि गाँजा खेती ? गाँजा खेती कसलाई चाहियो ?अचम्म लाग्छ । अहिले मान्छे दृष्टिगोचर भएको छैन । कोही छ गाँजा खेती पछाडि ?’ओलीले भने, ‘गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? किन आउँछन् यस्ता फेन्सी कुरा ?’ उनले अर्थतन्त्रको सुधार र परिवर्तनका लागि काम नगरे अझ बरबाद हुने भन्दै संकटापन्न अर्थतन्त्रको रिकभरी प्लान सरकारसँग नभएको बताए ।
‘रिकभरी प्लान चाहियो । हाउ टु रिकभर द इकोनोमी ? अहिलेको संकटापन्न अवस्थाबाट हामीले कसरी मुक्ति पाउने ? च्यवनप्राश सुनेका छौ नि हामीले । च्यवनप्राश भन्ने ऋषि सुकेर सिठ्ठा भएरे अनि च्यवनप्राश खाएपछि बढेरे ! अर्थमन्त्रीजी रिकभरीका लागि च्यवनप्राश छ ?’, ओलीको प्रश्न छ । उनले रिकभरी प्लान के हो भन्दै अर्थमन्त्रीलाई प्रश्न गर्दै आधारविहिन प्रेसक्रिप्सनलाई कसरी पत्याउने भनेर देशलाई असफल बनाउन सरकार आफै उद्यत भएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण