ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रिक्वार्टरमा
काठमाडौँ । ग्रिनल्यान्ड र ग्राम शिक्षा राजधानीमा जारी प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर छात्रतर्फ मंगलबार प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
ग्रिनल्यान्डले आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए)को ‘ए’ टोलीलाई ४९–३१ अंकले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा आशुतोष केसीले १० अंकको योगदान गरे । छवि भोटेको १० अंकको सहयोगमा ग्राम शिक्षाले सेवा सदनलाई २८–१८ ले हरायो ।
सिनियर छात्रतर्फ प्रिक्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ । प्रिक्वार्टरफाइनलमा ग्रिनल्यान्डले हिमालयन किङडम र ग्राम शिक्षाले बूढानीलकण्ठको सामना गर्नेछन् । अन्य प्रिक्वार्टरफाइनल खेल युनिभर्सिटी र एचएचसीए, गोल्डेनपिक र टीआईए, सेन्ट जोसेफ र जुगल, भद्रकाली र आयोजक बीएमसीए ‘बी’, इडेन ब्रिज एकेडेमी र नव ज्ञान भूमि तथा भ्याली पब्लिक र स्कोलर्स होमबीच हुनेछ ।
छात्रातर्फ हिमालयन किङडमले सेन्ट जोसेफलाई २२–१७ अंक ले पाखा लगायो । विजयी टोलीका लागि फूलमाया लामाले सात स्कोर गरिन् । जुनियर छात्रतर्फ हिमालयन किङडमले सेन्ट जोसेफलाई २३–१६ र एन्जल्स हार्टले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २०–१६ अंकले पन्छाए । हिमालयन किङडमका लोप्साङले ११ र एन्जल्स हार्टका आदित पुनले पाँच अंक जोडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण