पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित
मङ्गलबार, २३ जेठ २०८०, २० : ४०
काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणको पहिलो खेलमा नेपाली टोली घरेलु टोली म्यानमारसँग पराजित भएको छ । याङ्गोलस्थित रंगशालामा मंगलबार राति भएको खेलमा म्यानमारले नेपाललाई ५–० गोलको फराकिलो अन्तरले हरायो ।
म्यानमारको जितमा यिन लुन ईनले ह्याट्रिक गरिन् । जिन मोई पाए र युन वादी लाइङले एक÷एक गोल गरिन् । खेलको २२औँ मिनेटमा जिन मोईले गोल गर्दै म्यानमारलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलको ४४औँ, ४७औँ र ९०औँ मिनेटमा यिन लुनले गोल गर्दै व्यक्तिगत रुपमा ह्याट्रिक पूरा गरिन् । खेलको ६९औँ मिनेटमा युनले एक गोल गरेकी थिइन् । छनोटको समूह ‘बी’ मा रहेको नेपालले अब दोस्रो खेलमा बिहीबार चीनको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण