मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
एमालेको अपानि

एमालेका केन्द्रीय नेताहरूको कार्य विभाजनमा व्यापक हेरफेर (नामावलीसहित)

मङ्गलबार, २३ जेठ २०८०, १२ : ००
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरूको कार्य विभाजनमा व्यापक हेरफेर गरेको छ । 

गत शुक्रवार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेताहरूको कार्य विभाजन गरेको हो । कार्य विभाजनको मुख्य उद्देश्य मिसन ग्रास रुटबाट पहिचान भएका सङ्गठनात्मक समस्याहरूको समाधान गर्नु, काममा रहेको दोहोरोपन र अस्पष्टता ( एउटै भूगोल, विभाग या फाँटमा इन्चार्ज या प्रमुखका अलावा धेरै सहइञ्चार्ज/उपप्रमुख रहेको स्थितिका कारण परिभाषित काममा केन्द्रित हुन तथा जिम्मेवारी पूरा गरेको÷नगरेको मूल्याङ्कन गर्न अप्ठ्यारो परेको अवस्था) हटाउन र प्रत्येक पदाधिकारी या सदस्यलाई मापन गर्न सकिने जिम्मेवारी दिनु रहेको एमालेले जनाएको छ ।  

पार्र्टी अध्यक्ष केपी शर्मा ओलीले मङ्गलवार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी ७) मा ३४९ जना नेताहरूको कार्य विभाजन गरेको उल्लेख छ । 

जिम्मेवारी हेरफेरमा वरिष्ठ उपाध्यक्षदेखि, उपाध्यक्षहरु, महासचिव,उपमहासचिवहरू, सचिवहरू र केन्द्रीय सदस्य परेका छन् । जसमा उपाध्यक्षहरूलाई ३३ वटा विभागको समन्वयको जिम्मा दिइएको छ भने प्रदेशको इन्चार्जको जिम्मा सचिवहरूले पाएका छन् । त्यस्तै स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले विभाग र जिल्लाको समेत जिम्मेवारी पाएका छन् । 

कुन नेताको जिम्मेवारी के ?

1 (1)1 (2)1 (3)1 (4)1 (5)1 (6)1 (7)1 (8)1 (9)1 (10)

1 (11)1 (12)1 (13)1 (14)1 (15)1 (16)1 (17)1 (18)1 (19)1 (20)

1 (21)1 (22)1 (23)1 (24)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप