काेशी प्रदेश
असन्तुष्ट पक्षसँग संवाद गर्न कोशी प्रदेश सरकारद्वारा वार्ता टोली गठन
बुधबार, २४ जेठ २०८०, १२ : २६

विराटनगर । कोशी नामकरणसँग असन्तुष्ट रहेकाहरुसँग संवाद गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले खानेपानी तथा सिञ्चाइमन्त्री तिलकुमार मेनाङवोको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ताका लागि तीन सदस्यीय वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता भक्ति सिटौलाले बताए ।
समितिको सदस्यहरूमा कृषिमन्त्री समेत रहेका सिटौला र सामाजिक विकास मन्त्री बुद्धि राजभण्डारी रहेका छन् । केहि दिन अगाडि सरकारले असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरेको थियो । तर वार्ता टोली बनाएको थिएन । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचानवादीहरुले आन्दोलन चर्कारहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरीले जब आमासँग राजनीति छाड्ने प्रस्ताव राखे...!
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन