काेशी प्रदेश
असन्तुष्ट पक्षसँग संवाद गर्न कोशी प्रदेश सरकारद्वारा वार्ता टोली गठन
बुधबार, २४ जेठ २०८०, १२ : २६
विराटनगर । कोशी नामकरणसँग असन्तुष्ट रहेकाहरुसँग संवाद गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले खानेपानी तथा सिञ्चाइमन्त्री तिलकुमार मेनाङवोको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ताका लागि तीन सदस्यीय वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता भक्ति सिटौलाले बताए ।
समितिको सदस्यहरूमा कृषिमन्त्री समेत रहेका सिटौला र सामाजिक विकास मन्त्री बुद्धि राजभण्डारी रहेका छन् । केहि दिन अगाडि सरकारले असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरेको थियो । तर वार्ता टोली बनाएको थिएन । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचानवादीहरुले आन्दोलन चर्कारहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण