मैले एमाले छाडेको छैन केही समय बिदामा बसेको छु : मणि थापा
काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य मणि थापाले एमाले पार्टी नछोडेको बताएका छन् । पार्टीमै रहने गरी पत्र लेखेर केही समय बिदा लिएर बसेको थापाले बताए । पहिलोपटक थापाले पार्टीलाई पत्र लेखेर व्यक्तिगत काम गर्न भन्दै बिदा मागेर बसेका हुन् ।
‘मैले केही समय पार्टीबाट बिदा लिएर बसेको छु । तपाईँहरूले जसरी केही समय बिदा लिएर बस्नुहुन्छ नि त्यस्तै मैले एमालेबाट केही दिन बिदा लिएको छु । अरू कुनै पार्टीमा प्रवेश गर्ने भन्ने होइन’ रातोपाटीसँग कुरा गर्दै थापाले भने, ‘मेरो व्यक्तिगत पढ्ने, लेख्ने, साहित्यका कामहरू छन् त्यसमा व्यस्त हुनलाई केही दिन बिदा लिएको हो ।’
पार्टीलाई पत्र लेखेर बिदा बसेकोलाई राजनीति रूपमा निष्क्रिय हुने भन्ने रूपमा नबुझ्न थापाले आग्रह गरे । आफू निरन्तर सक्रिय भई एमालेमा रहने थापाले बताए ।
बिदा लिएर पुराना स्मरणहरू लेखेर रिभाईभ गर्न लागेको थापाले बताए । ‘मैले एमाले छोडेको छैन । पार्टी छोड्ने कुरा भएन’ उनले भने, ‘मैले काम नसकिँदासम्म बिदा मागेको छु । जहिलेसम्म काम सकिन्छ त्यतिबेलासम्म बिदामा बस्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण