सङ्खुवासभाका वडाको सिमाना हेरफेर गर्न प्रदेश सरकारको सिफारिस
मोरङ । कोशी प्रदेश सरकारले सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिकाका वडाको सिमाना हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्ले खाँदबारीका वडाको सिमाना हेरफेरलगायत अन्य ६ वटा निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिएका हुन् ।
प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संशोधन) अध्यादेश, २०८० लाई प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय पनि गरेको छ । त्यस्तै स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र २०८० स्वीकृत गर्ने, उच्चस्तरीय प्रशासन सुधार कार्यदलको म्याद थप गर्ने तथा प्रदेश सहयोग कार्यक्रमको सम्बन्धमा नेपाल सरकार र स्वीस सरकार बीच द्विपक्षीय सम्झौता नवीकरणको लागि नेपाल सरकार, अर्थ मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।
प्रदेशस्तरीय आयोजना छनौट तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८० र प्रदेश आयोजना बैङ्क व्यवस्थापन कार्यविधि २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको मन्त्रिपरिषद्ले पहिचानवादीसँग वार्ताका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तीलकुमार मेन्याङ्बोको संयोजकत्वमा तीन सदस्य वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । वार्ता टोलीका सदस्यहरूमा कोशी प्रदेश सरकारका प्रवक्ता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण