एमालेको अर्थ विभागमा ‘एम’ पछि ‘एस र वाई’
काठमाडौँ । एमालेले अर्थ तथा योजना विभागमा तीन जना छदम नामका मानिसलाई सदस्यका सिफारिस गरेको छ । यसअघि एम अधिकारीको नाम राख्दा गभर्नर महाप्रसाद अधिकारीसँग मिलेको भन्दै एमालेले चर्को आलोचना खेपेको थियो ।
यसपटक पनि एमालेले अर्थ तथा योजना विभागमा तीन जना छदम नामका सदस्य राख्न सिफारिस गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तर पार्टी निर्देशनमा अर्थ तथा योजना विभागको सदस्यमा नियुक्तिका लागि गरिएको सिफारिसमा यस शर्मा पाल्पा, वाइपी न्यौपाने दाङ र वाई घले चितवन रहेका छन् ।
त्यसबाहेक एमालेको उक्त विभागमा प्रकाश पुडासैनी नुवाकोट, नारायणी देवी बारा, गीता तिवारी कास्की, डा. उषा झा सप्तरी, डा. गोविन्द नेपाल पाल्पा, आशिष रेग्मी ललितपुर महाप्रसाद सुवेदी स्याङ्जाको नाम पनि सिफारिस छ ।
एमालेको यो विभाग प्रमुखमा बृन्दा पाण्डे रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ राहदानी प्रणालीसँगै देखियो प्राविधिक समस्या
-
आँसु पुछ्न औँला छैनन्...
-
सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण
-
योजना आयोगको गुनासो : हाम्रो काम सुझाव दिने मात्रै भयो, कार्यान्वयन भएन
-
इमेलमा अश्लील म्यासेज पठाई महिलालाई दु:ख दिने व्यक्ति पक्राउ
-
२ जना नाबालकको पासपोर्ट छापेर सुरु भयो जर्मन कम्पनीबाट पासपोर्ट छपाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण