आफ्नै शिशुको हत्या गरी फरार युवक पक्राउ
बुधबार, २४ जेठ २०८०, १६ : ३१
काठमाडौँ । आफ्नै शिशुको हत्या गरी फरार एक युवक काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा देवताल गाउँपालिका–४ निवासी २५ वर्षीय नुर आलम अन्सारी रहेका छन् ।
गत जेठ १४ गते आफ्नो १४ दिनको छोरालाई हत्या गरी अन्सारी फरार रहेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अन्सारीलाई मंगलबार साँझ काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गे अड्डा पिपलबोटबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण