शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै शिशुको हत्या गरी फरार युवक पक्राउ

बुधबार, २४ जेठ २०८०, १६ : ३१
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । आफ्नै शिशुको हत्या गरी फरार एक युवक काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा देवताल गाउँपालिका–४ निवासी २५ वर्षीय नुर आलम अन्सारी रहेका छन् ।

गत जेठ १४ गते आफ्नो १४ दिनको छोरालाई हत्या गरी अन्सारी फरार रहेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अन्सारीलाई मंगलबार साँझ काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गे अड्डा पिपलबोटबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप