तोकिएको लेबी नबुझाए जसपाका केन्द्रीय नेताहरु विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने
बुधबार, २४ जेठ २०८०, २१ : ०६
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको लेबी नबुझाए केन्द्रीय नेताहरु नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताएको छ । बुधबार पार्टी कार्यालयले पत्र काटेर नेताहरुलाई लेबी बुझाउन ताकेता गरेको हो ।
‘जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य, राजनीतिक समिति सदस्य र केन्द्रीय सदस्य ज्यूहरुले पार्टीले तोकेको लेबी २०७९ साउनदेखि २०८० असारसम्मको बाँकी रहेको लेबी रकम मिति २०८० असार ५ गतेसम्म बुझाउन अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ ।
जसपाले केन्द्रीय कार्यकारिणी समिति सदस्यका लागि रु १०००, राजनीतिक समिति सदस्यका लागि रु ७०० र केन्द्रीय सदस्यहरुका लागि रु ५०० मासिक लेबी तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण