जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु
बुधबार, २४ जेठ २०८०, २२ : ४२
स्याङ्जा । जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कंदै गरेको बा१झ ५८७८ नम्बरको गाडीमा सवार अन्य तीन जना घाइते भएका छन् । दुर्घटनामा परी जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन् । गाडी सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण