शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
अनुगमन

जब छापा मार्न आउँदैछ भन्ने सूचना मेनपावर कम्पनीले पाए...

बिहीबार, २५ जेठ २०८०, ०६ : ३७
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ ।  ललितपुरको बखुण्डोलस्थित प्याराडाइज इन्टरनेशनलमा बुधबार कतार र दुबईका लागि अन्तर्वार्ता थियो । वाटर सप्लाई कम्पनी र क्लिनरको काममा जानको लागि २०० भन्दा बढीको भीड थियो । 

उनीहरू सबैलाई बेस्ट रिक्युटमेन्ट सर्भिसेजमार्फत् फारम भर्न लगाइरहेको थियो । बिहानैदेखि अन्तर्वार्ता दिइरहेकाहरू कोही छनौटमा परेका थिए । कोहीलाई एउटा कम्पनीमा नभएपछि अर्को कम्पनीका लागि छनौटमा पर्नु भयो भन्दै बाहिर पठाइरहेको थियो । 

दिउँसोसम्म झण्डै १५० भन्दा बढी पासपोर्ट र फारमहरू संकलन भइसकेका थिए । सेलेक्ट भएकाहरूलाई तत्काल मेडिकल गर्न भनियो । कतारमा क्लिनरको कामका लागि छनौटमा परेकी एक महिलाले भनिन्, ‘मासिक ४५ हजार तलब दिने भनेको छ । भोलि नै मेडिकल गर्नुपर्छ भनेको छ । त्यसका लागि मलाई १ लाख ८० हजार रूपैयाँ खर्च लाग्छ भनेको छ । त्यो सायद मेडिकल भएपछि माग्छन् होला ।’

दुबईमा वाटर सप्लाई कम्पनीमा काम गर्नका लागि छनौटमा परेका झापाका एक व्यक्तिले २ लाख ५० हजार रूपैयाँ तिर्नुपर्छ भनेको बताए । ‘दुई जना भारतीय आएका थिए । उनीहरूले अन्तर्वार्ताका लागि बोलाए । भित्र गएर नाम, घर, कुन देश जानको लागेको ? कामको अनुभवबारेसबै कुरा हिन्दीमा सोधे ।’ ती व्यक्तिले भने । 

कर्मचारीहरूले जवाफ दिए,– ‘भित्र केही कुरा मिलाउनुपर्ने भयो । अन्तर्वार्ता दिन बाँकी भोलि आउनुहोला ।’विभागबाट अनुगमनको लागि टोली आउन लागेको जानकारी पाएपछि उनीहरूले अन्तर्वार्ता लिन आएकालाई त्यहाँबाट तत्काल भगाए । अनि बाहिरको भीड हटाउन सुरक्षागार्डदेखि कर्मचारीसम्म खटिए । 

दिउँसो अन्तर्वार्ता भइरहेको बेला एकाएक भित्रका कर्मचारीहरू सल्बलाउन थाले । अन्तर्वार्ता भइरहेको ठाउँमा हल्ला चल्यो– वैदेशिक रोजगार विभागको टोली अनुगमनका लागि आउँदैछ । 

अनि कर्मचारीहरूले अन्तर्वार्ताका लागि आएकाहरूलाई घर फर्किन निर्देशन दिन थाले । र, पासपोर्ट तथा फारम बुझाएकाहरूलाई भोलि आउन भन्न थाले । बिहानैदेखि अन्तर्वार्ताको प्रतिक्षामा रहेका व्यक्तिहरू आक्रोशित बने । उनीहरूले अन्तर्वार्ता नलिई फर्काउनुको कारणबारे प्रश्न गर्न थाले । 

IMG20230607154908

कर्मचारीहरूले जवाफ दिए,– ‘भित्र केही कुरा मिलाउनुपर्ने भयो । अन्तर्वार्ता दिन बाँकी भोलि आउनुहोला ।’विभागबाट अनुगमनको लागि टोली आउन लागेको जानकारी पाएपछि उनीहरूले अन्तर्वार्ता लिन आएकालाई त्यहाँबाट तत्काल भगाए । अनि बाहिरको भीड हटाउन सुरक्षागार्डदेखि कर्मचारीसम्म खटिए । 

बाहिर बोर्ड प्याराडाइज इन्टरनेशनलको थियो भने भित्र बेस्टमार्फत् अन्तर्वार्ता भइरहेको थियो । आवश्यक कागजात हेर्दा प्याराडाइज र बेस्ट एउटै घरमा सञ्चालनमा रहेको पाईयो । तर, छुट्टाछुट्टै कम्पनी भएपछि एक अर्काको अफिसबाट काम भइरहेको थियो । 

विभागको टोली आउन लागेको थाहा पाएपछि जम्मा गरिएको पासपोर्ट र कागजात एउटा टोकरीमा हालेर कर्मचारीहरूले अर्को ठाउँमा लगे । र, भोलि आउन नसक्नेहरूलाई पासपोर्ट र फारम फिर्ता गरिदिए । र, बाँकी रहेका डकुमेन्ट पुनः भित्र लैजानै लाग्दा विभागको टोली पुग्यो ।  विभागको टोलीले भन्यो, ‘यो कहीँ कतै नलैजानु । यो हाम्रो नियन्त्रणमा आईसक्यो । अनि कर्मचारीहरूमा सन्नाटा छायो ।’

विभागबाट खटिएका धर्मराज लम्साल नेतृत्वको टोलीले सोधपुछ र अनुगमनको क्रममा बेस्ट रिक्युटमेन्टले ५० जना पुरूषलाई युएईमा हेल्परको रूपमा लैजानको लागि विज्ञापन गरेको पायो । तर, त्यहाँ भने महिला पुरूष गरेर २०० भन्दा बढी मानिस जम्मा थिए । र, १५० भन्दा बढीसँग अन्तर्वार्ता लिइसकेको थियो । 

बाहिर बोर्ड प्याराडाइज इन्टरनेशनलको थियो भने भित्र बेस्टमार्फत् अन्तर्वार्ता भइरहेको थियो । आवश्यक कागजात हेर्दा प्याराडाइज र बेस्ट एउटै घरमा सञ्चालनमा रहेको पाईयो । तर, छुट्टाछुट्टै कम्पनी भएपछि एक अर्काको अफिसबाट काम भइरहेको थियो । 

अनुगमन अधिकृत लम्सालले मेनपावर कम्पनीको छुट्टाछुट्टै कार्यालय हुनुपर्ने, छुट्टा छुट्टै लेखा, प्रशासन, शौचालय लगायतका भौतिक पूर्वाधार हुनुपर्ने बताए । तर, उक्त कम्म्पनीमा त्यस्तो नभएको पाइएको बताए । 

त्यस्तै, अनुगमनको क्रममा लेखा शाखामा २ लाख रूपैयाँ भन्दा बढी नगद पैसा पनि फेला पारेको थियो । उक्त पैसा वैदेशिक रोजगारीमा पठाउने भन्दै श्रमिकहरूबाट लिएको हुन सक्ने आशंका विभागको टोलीको छ । त्यसबारे स्पष्ट जवाफसमेत माग गरेको छ । 

विभागले माग गरेका आवश्यक कागजातहरू दुवै कम्पनीले उपलब्ध गराउन सकेनन् । त्यसपछि विभागले थप केरकार गरेको थियो । कार्यालय व्यवस्थित नभएको, कम्पनीले गरेका विज्ञापन पारदर्शी नभएको, एउटा कार्यालयमा अर्को कम्पनीको कागजात भेटिएको लगायतको विषयमा स्पष्टीकरण माग गरिएको अनुगमन अधिकृत लम्सालले बताए ।

प्याराडाइज र बेस्टले एउटै घर भाडामा लिएर बसेको पाईएको छ । घरबाहल सम्झौताअनुसार प्याराडाइजले भुइँतला, पहिलो तला र दोस्रो तला भाडामा लिएको देखिन्छ भने बेस्टले दोस्रो र तेस्रो तला भाडामा लिएको देखिन्छ । 

विभागको टोलीले बेस्टको तर्फबाट संकलन गरिएको ७० भन्दा बढी पासपोर्ट र फारमको विषयमा समेत जानकारी माग गरेको छ । विहीवार बिहान ११ बजे विभागमा आएर लिखित जवाफ पेश गर्न भनेको हो । 

चित्तबुझ्दो जवाफ पेश नगरेमा कानूनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइने अधिकृत लम्सालले बताए । वैदेशिक रोजगार ऐनअनुसार प्रत्येक मेनपावर कम्पनीको छुट्टाछुट्टै कार्यालय हुनुपर्छ । त्यसका लागि आवश्यक पर्ने कर्मचारीसमेत छुट्टा छुट्टै हुनुपर्छ । त्यतिमात्र नभएर छुट्टा छुट्टै बेवसाइट तथा सामाजिक सञ्जालसमेत हुनुपर्छ । 

तर, प्याराडाइज र बेस्टले एउटै घर भाडामा लिएर बसेको पाईएको छ । घरबाहल सम्झौताअनुसार प्याराडाइजले भुइँतला, पहिलो तला र दोस्रो तला भाडामा लिएको देखिन्छ भने बेस्टले दोस्रो र तेस्रो तला भाडामा लिएको देखिन्छ । 

विभागको टोलीले दुवै मेनपावर कम्पनीका लागि छुट्टाछुट्टै संरचना चाहिने भन्दै सचेत गराए ।  दुवै कम्पनीमा धेरै कमजोरी रहेको भन्दै विभागमा छलफल गरेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने लम्सालको भनाई छ । 

IMG20230607154859
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप