तीन दिनदेखि रुसमा फसेका एअर इन्डियाका यात्रु अमेरिका प्रस्थान
मस्को । रुसमा आकस्मिक अवतरण गरिएको एयर इन्डियाको प्रतिस्थापन विमान अमेरिका प्रस्थान गरेको छ ।
नयाँ दिल्लीबाट २ सय ३२ जनालाई लिएर उडेको विमानमा समस्या देखा परे पछि रुसमा आकस्मिक अवतरण भएको विमानको सट्टा अर्को विमानमार्फत सान फ्रान्सिस्को प्रस्थान गरेका हुन् ।
गत मंगलबार प्राविधिक समस्याका कारण एयर इन्डियाको विमान रुसको मगादान सहरमा आपत्कालीन अवतरण गर्न बाध्य भएको थियो । तीन दिन पछि वैकल्पिक उडानमार्फत अमेरिका प्रस्थान गराइएको हो ।
एयर इन्डियाले सान फ्रान्सिस्को इन्टरनेशनल एयरपोर्टमा यात्रुहरूलाई उनीहरूको आगमन औपचारिकतामा मद्दत गर्नको लागि आफ्नो अनग्राउन्ड समर्थन बढाएको छ। उसका अनुसार यात्रुहरूको चिकित्सा हेरचाह, यातायात र आवश्यकता अनुसारका थप सुविधा प्रदान गर्न तयारी अवस्थामा राखिएको छ ।
दिल्लीबाट सान फ्रान्सिस्को जाँदै गरेको एयर इन्डियाको विमानको इन्जिनमा प्राविधिक खराबी आएपछि मंगलबार म्यागादान, रुसतर्फ डाइभर्ट गरिएको थियो । दुई सय १६ यात्रु र १६ चालक दलका सदस्यसहित उडान भरेको बोइङ ७७७ विमानले मगदान विमानस्थलमा आकस्मिक अवतरण गर्नु परेको थियो ।
जसकारण म्यागदानमा यात्रु र चालक दललाई अस्थायी आवासमा राखिएको थियो। फसेका यात्रुहरू मध्ये एक गगनका अनुसार म्यागादानको बसाई भाषाको स्पष्टताको अभाव र अपर्याप्त सुविधाहरू कारण चुनौतीपूर्ण रहन पुगेको थियो ।
गगनले अलपत्र यात्रुले सामना गर्नु परेको कठिनाइको बाबजुद रुसी अधिकारीहरूले गरेको प्रयासको भने प्रशंसा गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण